सात सालदेखिका भ्रष्टाचारका फाईल खोलौँ, सदनबाट फैसला नगराैँः विश्वप्रकाश शर्मा

सात सालदेखिका भ्रष्टाचारका फाईल खोलौँ, सदनबाट फैसला नगराैँः विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखिका भ्रष्टाचारका फाईल खोलिनुपर्ने बताएका छन् । 

शनिबार संसदमा नीति तथा कार्यक्रममा आफ्ना धारणा राख्दै महामन्त्री शर्माले अब कुनै पनि पार्टीलाई नाफा र घाटाको लेखाजोखा गरेर नभई जिम्मेवार भएर ७ सालदेखिका भ्रष्टाचारका फाइल खोल्नु पर्ने बताएका हुन् । 

उनले भने, ‘अख्तियार अनुसन्धान दुरुपयोग आयोगको ऐन बनाउदैँ गर्दा नेपाली कांग्रेसको एकल सरकार यो देशमा थियो, भ्रष्टाचार ऐन ल्याउने बेला पनि कांग्रेसको सरकार थियो । अब आएर फाइल खोलौ अमुक फाईल खोल्यो भने अर्को पार्टीको नेतालाई तान्न सक्छ भन्ने सोचेर होईन । जिम्मेवार ढंगले ७ साल देखिको फाईलहरु खोलौ ।’

महामन्त्री शर्माले को दोषी को निर्दोष भनेर सदनबाट फैसला गर्ने कुरा घातक भएको भन्दै आपत्ति जनाए । ‘पूर्वप्रधानमन्त्रीले अस्ति यहाँ राखेको भ्रष्टाचारको कुरामा बोल्दै गर्दा को दोषी हो वा होईन त्यसमा छानबिन हुँदैछ, हामी न्यायाधीश होईन फैसला सुनाउनको लागि । कोही दोषी हुनुहुन्न, निर्दोष हुनुहुन्छ । र, उहाँलाई फसाउन खोजिएको छ भन्ने यहाँबाट राखिने कुरामा म विमति प्रकट गर्न चाहन्छु । यो समय सरकारलाई साथ दिने समय हो, सरकारले भ्रष्टाचारको फाईल खोल्दा त्यसको साथमा बस्ने हो, सरकारलाई दिएको समर्थन फिर्ता लिने समय होईन ।’

नेपाली कांग्रेसका नेता पनि विगतमा भ्रष्टाचारको केशमा जेल परेका छन् । तर न्यायिक प्रक्रियालाई प्रभाव पर्ने गरी कसैले बोल्नु नहुने उनको भनाइ थियो ।

Skip This
Skip This
Logo