सांसद सराज अहमद फारुखीले सरकारको नीति तथा कार्यक्रम संविधानमा दिएको मौलिक हकको विपरीत भएको टिप्पणी गरेका छन् ।
शनिवार प्रतिनिधिसभाको बैठकमा सांसद फारुखीले देशको सूचकांकमा सब भन्दा कमजोर र पिछडिएको समुदायको शिक्षा, स्वास्थ्यमा संविधानले प्रत्याभूत गरेको मौलिक हकप्रति नीति तथा कार्यक्रम उदासिन भएकाले समर्थन नगर्ने बताएका हुन् ।
उनले भने, ‘यो सरकारको नेतृत्व गर्ने नेता समाजवादको कुरा गर्नुहुन्छ तर कार्यक्रममा त्यो झलक देखिएन । देशको सूचकांकमा सब भन्दा कमजोर र पिछडिएको समुदायको शिक्षा स्वास्थ्य तथा संविधानले दिएको मौलिक हकको ध्यान नदिने खालको नीति तथा कार्यक्रम ल्याईएको छ । यस्तोमा म समर्थन गर्न सक्दिन ।’
सांसद फारुखीले किसानको बारेमा ठोस नीति नभएको र टिप्पणी गरे । पर्यटन क्षेत्रको पनि नीति कार्यक्रममा अभाव रहेको बताए ।































प्रतिक्रिया