गण्डकी प्रदेशमा आज थप २५ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा आज थप २५ जना कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गण्डकी प्रदेशमा आज थप २५ जनामा कोरोना संक्रमित देखिएका छन् । क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परिक्षणमा आज २५ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका नयाँ संक्रमितमा तनहुँका ७ जना र नवलपरासी पूर्वका १८ जना छन् ।

अब गण्डकीमा संक्रमितको संख्या १ हजार २५६ पुगेको छ । यस प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या ९२५ पुगेको छ भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङका १, गोरखाका १, स्याङजाका २ जना छन् ।

Logo