काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले साउन ४ सम्म स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिए । आज बिहान ११ बजे बस्ने गरी तय भएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
अहिले ३ बजेका लागि तय भएको बैठक फेरि साउन ४ गतेसम्मका लागि स्थगित गरिएको हो । नेकपाभित्रका दुई पक्षको विवादका कारण गत असार १८ देखि स्थायी कमिटीको बैठक बस्न सकेको छैन ।































प्रतिक्रिया