युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका वेथितिहरु नियन्त्रण गर्न आवश्यक भएको बताएका छन् ।
आइतबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघकाे ज्ञापनपत्र बुझ्दै खेलकुदमन्त्री लिम्बूले खेलकुदलाई पर्यटनसँग जोडेर अघि बढाउन आवश्यक भएको पनि बताएका छन् । उनले साहसिक खेल र खेलकुदमा सहभागी हुने खेलाडीहरुको लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘खेलकुदको क्षेत्रमा भएको वेथितिहरुलाई नियन्त्रण गर्न आवश्यक छ । खेललाई खेलको रुमा मात्र हैन् यसलाई पर्यटनसंग जोडेर यो कुरालाई अगाडि बढाउनु पर्छ । नियमावलीको परिमार्जन गर्नुपर्ने कुराहरुमा अगाडि बढिरहका छौं । आर्थिक चारमा अर्थमन्त्रालयको सहमति लिने काम गर्नुपर्छ ।’
संघका महासचिव शिवशंकर गोथेले छिटो भन्दा छिटो १९औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडीहरुको विशेष प्रशिक्षण सुरु गर्नुपर्ने बताए ।































प्रतिक्रिया