संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्यहरुको लाग्याे टुंगो [कुन दलबाट काे ?]

संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्यहरुको लाग्याे टुंगो [कुन दलबाट काे ?]

केन्द्रबिन्दु
0
Shares

संयुक्त संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधि सभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको टुंगो लागेको छ । आइतबारको जारी प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबाट ४/४ जना, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीबाट एकएक जना सदस्य मनाेनीत भएकाे जानकारी दिइएको हो । 

आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गरेको थियो । सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाई समितिमा सांसदहरु मनोनित भएका हुन् । याेसँगै समितिले पूर्णता पाएको छ ।

नेपाली कांग्रेस

  • रमेश लेखक
  • ईश्वरी देवी न्यौपाने
  • जीवन परियार
  • ज्ञानेन्द्रबहादुर कार्की

नेकपा एमाले

  • पदम गिरी
  • महेश कुमार बर्तौला
  • लिलानाथ श्रेष्ठ
  • ईश्वरी जीएम

माओवादी केन्द्र

  • जनार्दन शर्मा

राष्ट्रिय स्वतन्त्र पार्टी

  • डोलप्रसाद अर्याल

राष्ट्रिय प्रजातन्त्र पार्टी

  • पशुपति शम्शेर जबरा

जनता समाजवादी पार्टी

  • प्रकाश अधिकारी

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका छन् । 

Skip This
Skip This
Logo