काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो। यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मुटुको बिरामीसमेत थिए । अस्पताल आइपुग्दा उनको अवस्था गम्भीर भएकाले आकस्मिक कक्षाबाट उपचार थालिएको अस्पतालले जनाएको छ । उनको थ्रोट स्वाब संकलन गरि बिहीवार पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो।
अहिले नेपाली सेनाले उनको अन्त्येष्टिको तयारी गरिरहेको छ।





























प्रतिक्रिया