मेलम्चीको पानी उपत्यकामा मंगलबारबाट पुनः आउने

मेलम्चीको पानी उपत्यकामा मंगलबारबाट पुनः आउने

केन्द्रबिन्दु
0
Shares

मेलम्ची खानेपानी मंगलबारदेखि पुनः काठमाडौं उपत्यकामा पठाउने तयारी गरिएको छ। 

मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिने भन्दै जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन बन्द हुने जानकारी दिएको थियो। अहिले बाढीले क्षति पुगेको संरचनाको निर्माण कार्य तीव्र रुपले भइरहेको विकास समितिका सिनियर इन्जिनियर पदम कुँवरले जानकारी दिए। 

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार मेलम्ची नदीको पानी पथान्तरण गर्नु परेका कारण सुरुङको रेक्टिफिकेशनका कार्य एवं २०७८ सालको बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायत संरचनाको निर्माण गर्न पानी बन्द गरिएको हो। यो थप संरचना बनेकाले वर्षामा पनि पानी उपत्यकामा ल्याउन सकिने छ। 

Logo