चेन्नईलाई पाँचौं पटक आइपीएलकाे उपाधी

चेन्नईलाई पाँचौं पटक आइपीएलकाे उपाधी

केन्द्रबिन्दु
0
Shares

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधि जितेको छ। 

बिहान अहमदाबादमा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो। योसँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ। चेन्नईले मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमान बराबरी गरेको छ। 

गुजरातले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले ब्याटिङ गरेकोमा पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो। लामो समय रोकिएको खेल पाँच ओभर घटाएर सुरु गरिएको थियो।  नयाँ १ सय ७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेकाे हाे ।

चेन्नईका लागि डेभोन कन्वेले २५ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए। चेन्नईलाई जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले छक्का र चौका हान्दै जिताएका थिए।

चेन्नईलाई उपाधि जित्न ओभरमा १३ रन चाहिँएको थियो। बलिङमा मोहित शर्मा आउँदा क्रिजमा शिभम दुवे र रविन्द्र जडेजा रहेका थिए। मोहित शर्माले पहिलो बल दुबेलाई डट राखे। दोस्रो बलमा एक रन बटुलेपछि ४ बलमा १२ रन चाहिँएको थियो। तेस्रो बलमा जडेजाले पनि एक रन नै बटुले। चौथो बलमा पनि एक रन नै दिएपछि उपाधि कठिन बनेको थियो।

चेन्नईका शिबम दुबे २१ बलमा २ छक्कासहित ३२ रनमा अविजितत रहे। रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे।
पाँचौं बलमा जडेजाले छक्का हानेपछि खेल रोचक बनेको थियो। अन्तिम बलमा जितको लागि चार रन चाहिँएको थियो। अन्तिम बलमा जडेजाले चौका हान्दै उपाधि पक्का गराएका हुन्।

गुजरातका लागि साई शुदर्शन र ऋद्धिमान शाहले अर्धशतकीय ईनिङ्स खेले। शुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ९६ रन बनाए। शाहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए। 

पहिलो विकेटका लागि ओपनरद्वय ऋद्धिमान शाह र शुभमन गिलले ४२ बलमा ६७ रनको साझेदारी गरे। पछिल्लो चार खेलमा तीन शतक बनाएका गिलले २० बलमा ७ चौकाको सहयोगमा ३९ रन बनाए। कप्तान हार्दिक पान्ड्याले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए। राशिद खान शुन्य रनमा आउट भएका थिए।

जितसँगै चेन्नईले मुम्बई इन्डियन्सले पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमानलाई बराबरी गरेको छ। उता, गुजरातको भने लगातार दोस्रो पटक उपाधी जित्ने योजना बिफल भएको छ। 

Logo