अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न

अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न

केन्द्रबिन्दु
0
Shares

असल अभ्यासको आदानप्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा सम्पन्न सो बैठकमा डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखहरूको सहभागिता रहेको थियो। 

बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदानप्रदान गर्नुका साथै सबै जिल्लाका साझा समस्या र सवालका बारेमा ब्यापक छलफल भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

जिल्ला प्रशासन कार्यालय डोटीद्वारा आयोजित सो बैठकमा राजमार्ग सञ्चालन, अन्तर जिल्लास्तरीय शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, अवैध हातहतियार तथा लागु औषध नियन्त्रण, वन पैदावार तथा चोरी सिकारी नियन्त्रण, अन्तर जिल्लामा एकापसमा समन्वय, सहकार्य र सहजिकरणका बारेमा छलफल गरिएको समेत प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।

Skip This
Skip This
Logo