भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने परराष्ट्र मन्त्री साउदको दाबी

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने परराष्ट्र मन्त्री साउदको दाबी

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ बुधबार (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ।

परराष्ट्र मन्त्री साउदले भने, ‘नेपाल र भारतबीचमा घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यो भ्रमणमा हामीले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने कोसिस गर्नेछौँ र दुई देशबीचको समझदारीलाई पनि अझ बढाउँदै लैजाने हाम्रो प्रयत्न रहनेछ। हामीले यो भ्रमणमा ट्रेड, ट्रान्जिट,कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेण्ट, फाइनान्सियल कोप्रेशन, जस्ता मुद्दाहरूलाई अगाडि बढाउनेछौँ। यसको बारेमा दुई देशका बीचमा, दुई देशको सरकारका बीचमा वार्ताबाट केही ठोस निष्कर्षमा पुग्ने तयारी भइरहेको छ, यसमै दुई वटै देशका अधिकारीहरू क्रियाशील रही आएका छन्।’

उनले सरकारले भारतसँग गरेका सम्झौताहरूको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरूको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी गरे।

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदारीलाई हटाउने बारेमा पनि छलफल हुने बताए।

Skip This
Skip This
Logo