नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक बनाउन र स्मृति दिवस मनाएर खर्च नगर्न भनेका छन् ।
राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार अनेमसंघले गरेको कार्यक्रममा अध्यक्ष ओलीले मरेपछि आफूलाई सम्झिने वा स्मृति दिवस मनाएर खर्च गर्ने कार्य आवश्यक नभएको बताएका हुन् । उनले भने, म मरेपछि मलाई सम्झिनु पर्दैन्, मेरो शालिक बनाउनु पर्दैन्, मैले थाहा पाउने भए पो हो भन्नलाई किन सम्झिने, किन समय खेल फाल्ने, मूर्ती बनाउनु पर्दैन्, सालिक बनाउनु पर्दै, स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन् । मेरो त धारणा त्यो हो ।’
आफ्नो कार्यकालमा राम्रो गर्न नसक्ने र पद ओगटेर बस्ने काम गलत भएको अध्यक्ष ओलीको भनाई छ । यसअघिका अध्यक्ष माधव नेपाल र झलनाथ खनालले पद छोड्न नचाहेरै समस्या भएको उनको दाबी छ ।
‘त्यस्तै आफ्नो समय आएपछि अरुलाई पनि मौका दिनुपर्छ काम गर्नको लागि त्यस्तै माधव र झलनाथ हुनुहुन्थ्यो पद छोड्न पनि नचाहाने, काम गर्न पनि नचाहाने त्योभएपछि टिपेर परातिर राखेर हटाउनु पर्ने भयो, आन्दोलनको लागि त हटाउनुपर्छ नि ।’ उनले भने ‘म काम गर्न सक्दिन, छोड्न पनि मान्दिन तपाईहरुले टिपेर यता सारेर अर्को मान्छे राख्नु पर्छ पार्टी अध्यक्ष अर्को बनाउनु पर्छ । काम गर्न सक्दैन् भने बा नमस्कार तर यता बस हाई भन्नु पर्छ । त्यो कुरा मैले बुझ्नु पर्छ, यो शिलशिला हो । ’
काम गर्न नसक्ने अवस्थामा पुगेपछि आफू बसेको पद र प्रतिष्ठालाई छोड्नुपर्ने अध्यक्ष ओलीको भनाई छ ।





























प्रतिक्रिया