सन्दीप लामिछानेले अफ्रिका भ्रमणमा जाने टोलीलाई दिए शुभकामना

सन्दीप लामिछानेले अफ्रिका भ्रमणमा जाने टोलीलाई दिए शुभकामना

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछाने आफू टोलीसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएपछि टोलीलाई सुखद यात्राका लागि शुभकामना दिएका छन् । मंगलबार(आज) पनि जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दाको अन्तिम सुनुवाइ नआएपछि निराश भएका सन्दीपले दक्षिण अफ्रिका भ्रमण नगर्ने घोषणा गरेका छन् । 

उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् ‘मलाई तपाईंहरू र तपाईंको क्षमताहरूमा पूर्ण विश्वास छ। तपाईहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामु आफ्नो क्षमता देखाउनुभएको छ । फेरी तपाईहरु सामु आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ । तपाईहरु जहाँ जानु भए पनि आफ्नो उत्कृष्ट दिनुहोला । सफल टोली र सुरक्षित यात्राको शुभकामना। 

नेपाली टोली अन्तिम तयारीको लागि मंगलबार (आज) बेलुकी दक्षिण अफ्रिका जानेछ । सो क्रममा नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान र युएईसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालको टोली-

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

Skip This
Skip This
Logo