गायिका इन्दिरा भट्टराईको ‘नाचौं गाऔं रमाऔं‘ सार्वजनिक (भिडियोसहित)

गायिका इन्दिरा भट्टराईको ‘नाचौं गाऔं रमाऔं‘ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सुमधुर स्वरकी धनी चर्चित गायिका इन्दिरा भट्टराईको स्वर तथा सङ्गीत निर्देशनमा रहेको नयाँ तीज गीत ‘नाचौं गाऔं रमाऔं’ सार्वजनिक गरिएको छ ।

यस गीतको रचना बिनोद बन्जाराले गरेका हुन् । महिला जागरण समुहको सहयोगमा तयार भएको यो गीतको म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो । हरेक वर्षको तीजमा नयाँ तीज गीत ल्याउने गायिका भट्टराईले यस वर्ष परदेशमा रहेर पनि निरन्तरता दिएकी छिन् ।

सुमन कुमार श्रेष्ठले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाई राजु केसी तथा सूर्य महर्जनले छायाँकन गरेका हुन् ।

गीतको भिडियोमा अभिनेत्री नीतु कोइरालाको अभिनय देख्न सकिन्छ । तेजस्वी कला केन्द्र एण्ड मिडियाले यसमा विशेष सहयोग गरेको छ । गीतको भिडियो यस्तो छ :

 

Logo