कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको आग्रह

कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको आग्रह

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश सरकारले प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ ।

मंगलबार कोशी प्रदेश सरकारले प्रेस विज्ञप्ति सार्वजनीक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेको हो । ‘नामकरणको बारेमा रहेका आफ्ना विमतिहरूलाई शान्तिपूर्णता राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमहरूलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।’  विज्ञप्तिमा भनिएकाे छ । 

नामकरणका विषय कुनै दल वा सरकारकारको भन्दा पनि सदस्यहरूको आफ्नो प्रदेशको नामकरण आफैं गर्न पाउने अधिकारको प्रयोग गर्दै वर्तमान नेपालको संविधानको धारा नामकरण कोशी प्रदेश रहन पुगेको विज्ञप्तिमा उल्लेख छ ।

Logo