भारतीय अभिनेत्री कंगना लेख्छिन्- अब सगरमाथाकाे यात्रा बन्द गर्नुहोस्!

भारतीय अभिनेत्री कंगना लेख्छिन्- अब सगरमाथाकाे यात्रा बन्द गर्नुहोस्!

केन्द्रबिन्दु
0
Shares

भारतीय अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरमा देखिएको फोहोरको भिडियो पोस्ट गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन्।

भिडियोमा आधार शिविरमा रहेको टेन्ट बाहिर फोहोर थुप्रिएको देखाइएको छ।उनले आफूलाई भगवानको प्रिय सम्झने मानिसले वास्तविकता जाच्नुपर्ने सुझाव दिएकी छन्। ‘एभरेष्ट यात्रा बन्द गर्नुहोस् वा यसलाई ठीक गर्नुहोस्। शिखरमा यस्तो दृश्य अस्वीकार्य हुन्छ’,उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्,‘जो कोही सोच्छन् कि मानव भगवानको मनपर्ने कुरा हुन्। उनलाई यो वास्तविकताको जाँचको आवश्यकता छ। यो दृश्यमा हेर्नुहोस्, तपाईंलाई महशुस हुन्छ कि मानव शायद भगवानको सबैभन्दा कम मनपर्ने हुन सक्छन् । मानिस हरेक स्थानमा आफ्नो दुर्गन्धित फोहोरको पदचिन्ह छोड्छ। विश्वलाई यस्ता व्यक्तिबाट बचाउनुहोस्।’

कंगना फिल्म ‘इमरजेन्सी’मा देखिँदैछिन् । उनलाई ‘तेजस’, ‘चन्द्रमुखी २’ र ‘मणिकर्णिकाः द क्वीन अफ दिद्दा’ जस्ता फिल्मबाट प्रस्ताव पनि आएको छ ।

Skip This
Skip This
Logo