रवि लामिछानेकाे टिप्पणी- ‘विना छलफल नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध’

रवि लामिछानेकाे टिप्पणी- ‘विना छलफल नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् । 

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको अनुरोधमाा नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सभापति लामिछानेले संसदमा छलफल नभई चालिएको यो कदम लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको बताएका हुन् । 

‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’ उनले भनेका छन् । 

अघिल्लो संसदले दुई पटक पारित गरेर पठाएको उक्त विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । तर, सरकारकाे आग्रहअनुसार राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् । 

Skip This
Skip This
Logo