सुर्तीजन्य पदार्थरहित अभियानमा विराटनगर महानगरपालिका सर्वोत्कृष्ट

सुर्तीजन्य पदार्थरहित अभियानमा विराटनगर महानगरपालिका सर्वोत्कृष्ट

केन्द्रबिन्दु
0
Shares

विश्व सुर्तीजन्य पदार्थरहित अभियान सञ्चालनमा बिराटनगर महानगरपालिका सर्वोत्कृष्ट भएको छ। अभियान मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन भएको थियो। 

बिराटनगर महानगरपालिकाले सबै स्थानीय तहलाई उछिनेर सर्वोत्कृष्ट पुरस्कार पाएको छ। विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा महानगरपालिकालाई पुरस्कार दिइएको हो।

स्वाथ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार दिएका हुन्। पुरस्कार महानगरपालिकाका मेयर नागेश कोइरालाले लिएका छन्।

पुरस्कार वितरणका लागि बुधबार काठमाडौँमा बिशेष कार्यक्रम गरिएको थियो। पुरस्कार जितेपछि महानगरपालिकाका मेयर कोइरालाले सुर्तीजन्य अभियान सञ्चालनमा ७ सय ५३ स्थानीय तहमध्ये बिराटनगर महानगरपालिका सर्वोत्कृष्ट हुनु गर्वको बिषय रहेको बताए। 

उनले भने,‘हामीले महानगरपालिकाभर सुर्तीजन्य पदार्थरहित अभियान सञ्चालन गरेका थियौँ। अभियान प्रभावकारी बन्यो। सोही कार्यलाई आज कदर भएको छ। हामी ७ सय ५३ वटा स्थानीय तहमध्ये सर्वोत्कृष्ट भएका छौँ।’

Skip This
Skip This
Logo