रामायण सर्किट परियोजनामा तीव्ररुपमा काम गर्न प्रचण्ड र मोदीबीच समझदारी

रामायण सर्किट परियोजनामा तीव्ररुपमा काम गर्न प्रचण्ड र मोदीबीच समझदारी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा दुई देशबीचको धार्मिक साँस्कृतिक पक्षलाई प्रगाढ पार्न रामायण सर्किट (राम सेतु परियोजना)को कामलाई तीव्र रुपमा अगाडि बढाउने बारे समझदारी बनेको छ । 

बिहीवार हैदराबादमा भएको संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सामाजिक साँस्कृतिक र धार्मिक पक्षलाई अझै मजबुद र प्रगाढ पार्न राम सेतु प्रोजेक्टमा दुवै देशले मिलेर छिटो काम गर्ने समझदारी बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए । 

उनले भने,‘भारत र नेपालको धार्मिक र साँस्कृतिक सम्बन्ध धेरै पुरानो र बलियो छ । यो सुन्दर सम्बन्धलाई अझ बलियो पार्नको लागि प्रधानमन्त्री दाहाल र मैले हाम्रो सबन्धलाई सगरमाथा जति नै प्रगाढ बनाउन निश्चय गरेका छौं, कि रामायण सर्किटसंग सम्बन्धित परियोजनामा तीव्रता ल्याउनुपर्छ ।’ 

प्रधानमन्त्री मोदीले दुई देशबीचको विविध समस्या समाधानका लागि मिलेर काम गर्ने तथा सगरमाथा जस्तै दुई देशको सम्बन्धलाई उचाई दिने पनि बताएका छन् । 

Skip This
Skip This
Logo