प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन स्थगन

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन स्थगन

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि चयनलगायतका विषयमा विवाद देखिएपछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ।

यही जेठ १९ र २० गते काठमाडौँमा आयोजना गरिएको सो महाधिवेशनका लागि तयारी पूरा भए पनि एक समूहले क्याम्पस इकाइ समितिका सभापति एवं महाधिवेशन प्रतिनिधिलाई फर्जी भनेपछि महाधिवेशन स्थगित गरिएको सङ्घका अध्यक्ष जगत तिमिल्सिनाले जानकारी दिए।

उनले उक्त समूहले सामाजिक सञ्जालबाट अपमानसहित भ्रम सिर्जना गरी अर्काे स्थानमा महाधिवेशन गर्ने धम्की दिएपछि नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको अनुरोधका आधारमा महाधिवेशन स्थगन गर्नुपरेको बताए। 

सङ्घका महासचिव राजेन्द्र गौतमले बेग्लै विज्ञप्ति जारी गरी विकृत मानसिकता देखिने गरी एकपक्षीयरुपमा अध्यक्षले महाधिवेशन स्थगनको सूचना दिएको आरोप लगाउँदै महाधिवेशनलाई भेलाका रुपमा रुपान्तरण गरी कार्यक्रम निरन्तरता दिइनुपर्ने बताए। 

Skip This
Skip This
Logo