जिल्ला अदालत काठमाडौँमा खाण, रिजाल र महर्जनको बयान जारी

जिल्ला अदालत काठमाडौँमा खाण, रिजाल र महर्जनको बयान जारी

केन्द्रबिन्दु
0
Shares

जिल्ला अदालत काठमाडौँमा पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणसहित ३ जनाको बयान जारी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर राष्ट्रहित प्रतिकूल हुने कसुर, सङ्गठित ठगी र कीर्तेमा मुद्दा दायर गरेपनि हालसम्म प्रहरीले १८ जनालाई पक्राउ गरेको छ भने १५ जनाको बयान सकिइसकेको छ ।

आइतबारदेखि थुनछेक बहस हुँदैछ । बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ ।

Skip This
Skip This
Logo