नागरिकता विधेयकबारे जतिसक्दो चाँडो कार्यविधी बनाउन सङ्घर्ष समितिको ध्यानाकर्षण

नागरिकता विधेयकबारे जतिसक्दो चाँडो कार्यविधी बनाउन सङ्घर्ष समितिको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

नागरिकताविहिन सङ्घर्ष समिति नेपालले नागरिकता विधेयकबारे जतिसक्दो चाँडो कार्यविधी बनाउन गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले विधेयकबारे छिटो भन्दा छिटो कार्यविधि र नियमावली बनाउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो । समितिले गृहमन्त्रालयको कार्यालय सिंहदरबारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको ज्ञापन कार्यविधी र नियमावली बनाउन आवश्यक पहल गरिदिन आग्रह गरिएको छ  । 

ज्ञापन पत्रमा लेखिएको छ, ‘नागरिकता विधेयक २०७९ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्युले प्रमाणीकरण गर्नु भएको छ । हिजै मात्रै राज पत्रमा प्रकाशित भएर कानुन पनि बनी सक्दा जिल्ला प्रशासन कार्यालयले जब सम्म गृहमन्त्रालयले हामीलाई पत्राचार गर्दै तब सम्म नागरिकता दिन मिल्दैन भनेर जानकारी गराउनु भएको छ । छिटो भन्दा छिटो कार्यविधि र नियमावली बनाई जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्नका लागि हार्दिक अनुरोध गर्दछौँ ।’

पत्रकार सम्मेलनमा बोल्दै नागरिकताविहीन नेपालीका संयोजक इ. इन्द्रजित साफीले विगत आठ वर्षदेखि आफूहरु नागरिकताबाट बञ्चित भएको भन्दै तत्काल समस्या समाधानका लागि आग्रह गरे । आमा, दाईको नेपाली नागरिकता भए पनि सरकारले आफूलाई नागरिकताविहीन बनाएको उनको गुनासो छ । 

Skip This
Skip This
Logo