भारतकाे ओडिशामा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २ सय ३३ पुग्यो

भारतकाे ओडिशामा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २ सय ३३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । यस्तै ९ सय जना  घाइते भएको अनुमान गरिएको बीबीसीले जनाएको छ ।

भारतको ओडिशा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुगेका थिए । उनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् भने मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

यस्तै गम्भीर घाइते भएकाहरूलाई २ लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरूलाई ५० हजार रुपैयाँ प्रदान गर्ने उनले बताएका छन् । दुर्घटनामा घाइते भएका १ सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको ओडिशाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यस्तै थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ ।

Logo