यातायात व्यवसायीद्वारा प्रधानमन्त्री ओली र प्रचण्डसँग भेट

यातायात व्यवसायीद्वारा प्रधानमन्त्री ओली र प्रचण्डसँग भेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि बनेकोे कार्यदलले आज विहान भेट गरेको छ ।

व्यवसायीहरुले प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा यातायात व्यवसायी र मजदुर सङगठनले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यसलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

प्रचण्डले भने ‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर रहेको भन्दै कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएकाले नेपालमा पनि यातायात व्यवसायी र मजदूरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु ।’

अध्यक्ष प्रचण्डले यातायात व्यवसायीको लागि तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जा, राहत र अनुदानसँग सम्बन्धित र स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषय राज्यले तुरुन्तै गरिदिनु पर्ने र यसको लागी पहल गर्ने बताएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

उनका अनुसार प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई भेटेर व्यवसायी तथा मजदूरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नु पर्ने, पुनःकर्जाको व्यवस्था गर्नु पर्ने, कागजात नवीकरणलाई सहज बनाउनु पर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नु पर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनु पर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पीपीइको व्यवस्था मिलाउन माग गरेका छन् । भेटमा प्रधानमन्त्रीले यातायात क्षेत्रको समस्या समाधानका लागि सरकार गम्भीर रहेकाले यसको सहजीकरणका लागि सरोकारवाला निकायलाई निर्देशन दिने बताए ।

 

Logo