धनकुटामा जंगली च्याउँ खाएर उपचाररत छोराको पनि मृत्यु

धनकुटामा जंगली च्याउँ खाएर उपचाररत छोराको पनि मृत्यु

केन्द्रबिन्दु
0
Shares

जंगली च्याउँ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु भएको छ ।  जंगली च्याउँ खाएर हिजो आमाको निधन भएको थियो भने आज उपचारको क्रममा छोराका पनि मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार जंगली च्याउ खाएर मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–३ घर भइ हाल धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राईको र उनका ७ वर्षका छोरा सचिन रहेका छन।

गत सोमबार जंगलबाट च्याउँ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेपछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिएकाे थियो। 

तर, त्यहाँ पनि उपचार सम्मभ नभए पछि दुवैजनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे थियाे। तर, उपचारकाे क्रममा शुक्रबार आमाको निधन भएको हो भने ७ बर्षिया छोरा सचिनको आज निधन भएको हो।

Logo