मोरङको सुन्दरहरैचा नगरपालिका मगौलियास्थित माध्यमिक विद्यालयका लेखापाल ५० वर्षीय मनिल ढकालले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले शनिबार बिहान ६ बजे विद्यालयको शौचालयमा गाई शरिरमा पेट्रोल खन्याएका थिए।
त्यसपछि सलाई कोरेर आगो लगाएका थिए। आगोका कारण उनको शरिर पुरै जलेको छ। घटना लगत्तै प्रहरीले उनको उद्धारमा खटिएको थियो। उपचारका लागि उनलाई कोशी अस्पताल लगिएको थियो। गम्भिर घाइते भएका कारण थप थप उपचारका लागि उनलाई काठमाडौँस्थित कीर्तिपुर अस्पताल रिफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले उनको अवस्था गम्भिर रहेको बताए। उनले भने,‘श्री माध्यामिक विद्यालयका लेखापलले विहानै आत्मदाहको प्रयास गरेको देखियो। उनको स्वास्थ्य अवस्था गम्भिर छ। थप उपचारका लागि उनलाई काठमाडौँ पठाइएको छ।’प्रहरीका अनुसार शरिरमा आगो लगाउनु अघि उनले मेटासिट खाएका थिए। उनी शनिबार बिहानै घरबाट निश्किएका थिए।





























प्रतिक्रिया