विश्व प्रसिद्ध माइक्रोब्लगिङ्ग वेबसाइट ट्विटर ह्याक भएको जनाइएको छ। ह्याकरहरुले भेरिफाइड, शक्तिशाली र प्रभावशाली व्यक्तिहरुको ट्विटर अकाउण्ट ह्याक गरेर त्यहाँ बिटकोइन ठेगानाहरु ट्विटर गरेका छन् ।
विश्व-धनाढ्य जेफ बेजोस, बिल गेट्स, वारेन बफेट , इलन मस्क, अमेरिकी नेता जो बाइडेन, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, एप्पल लगायत अन्य धेरैको अकाउण्ट ह्याक भएको जनाइएको छ।
ह्याकरहरुले ट्विटर अकाउण्ट ह्याक गरेर “हामी निम्न ठेगानामा पठाएको बिटकोइन दोब्बर फिर्ता गरिदिन्छौं” भन्ने संदेशसहित बिटकोइन ठेगाना ट्विट गरेका छन्। अहिले धेरै जसो ट्विट हटाईए पनि त्यति बेला लिइएका स्क्रिन-सट अहिले सामाजिक संजाल र ट्विटर स्वयंमा चर्चाको विषय बनेका छन्।





नेपाली समयानुसार बिहान करिब ३ बजे ट्विटर ह्याक भएपछि ट्विट गरिएको बिटकोइन ठेगानामा करिब १,१०,००० अमेरिकी डलर बराबरको बिटकोइन पठाइएको दाबी गरिएकाे छ ।

अहिलेसम्म कसले, किन, र कति अकाउण्ट ह्याक गरे भन्ने विषयमा कुनै जानकारी आएको छैन, र यो समाचार तयार पार्दासम्म ट्विटरले आधिकारिक रुपमा केहि बताएको छैन । यति धेरै अकाउण्ट ह्याक हुनु र एक्सिस ह्याकरको पहुँचमा पुग्नु साइबर आक्रमण इतिहासको निकै दुर्लभ र अति संवेदनशील कुरा हो। ह्याकिंगको प्रकृति हेर्दा ट्विटर पुरै कम्प्रमाइज भएको अनुमान लगाइएको छ। यसको अर्थ ट्विटरको पुरै सिस्टममा ह्याकरको पहुँच हुनसक्ने र तत्कालिन समाधानको उपाय ननिस्कन पनि सक्छ।
अहिले सामाजिक सन्जालमा ट्विटर-ह्याकलाई लिएर ट्रोल बनाइएको छ।



यसै क्रममा “द भर्ज“ले पनि ट्विटर ह्याक भएकोमा “ट्विटरको पावर कर्ड निकाल्नु पर्ने” भन्दै व्यंगात्मक ट्विट गरेको छ।
ट्विटर ह्याक हुँदा अब के गर्ने?
यो ह्याकिङ्ग प्रकरण अन्य भन्दा फरक रहेको बताइएको छ। यसको सिस्टम अझै ह्याकर समुहको नियन्त्रणमा हुन सक्ने हुनाले हामीले नियमित गर्दै आएका “पासवर्ड परिवर्तन” लगायतका उपायहरुले सुरक्षित हुने कुरामा विश्वस्त हुने अवस्था छैन । ट्विटर आफैले आधिकारिक धारणा नदिउञ्जेलको लागि “वेट एण्ड वाच” बाहेक ठोस् विकल्प छैन।
तत्कालको लागि भेरिफाइड (blue tick ) अकाउण्टहरुले ट्विट गर्न नमिल्ने बनाइएको छ।





























प्रतिक्रिया