मेयर कपको उपाधी बेसीशहर-२ को पोल्टामा

मेयर कपको उपाधी बेसीशहर-२ को पोल्टामा

केन्द्रबिन्दु
0
Shares

लमजुङ बेसीशहरमा भएको तेस्रो 'मेयर कप' वडा स्तरीय फुटबल प्रतियोगीताको उपाधी बेसीशहर-२ ले हात पारेको छ।शनिबार साँझ भएको फाइनल खेलमा बेसीशहर-१०लाई शुन्यका विरुद्ध १ गोल गरी वडा नं.२ ले उपाधी जितेको हो। 

खेलको पहिलो हाफको १४ औँ मिनेटमा बेनपा–२ का सुदिप सुनारले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए। सोहि गोल उपाधीका लागी निर्णायक बन्यो।  विजेतासँगै वडा नं.२ को समूहले नगद एक लाख, मेयर कप, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं.१० को समूहले नगद ५० हजार, रजत पदक र प्रमाणपत्र पाएको छ। 

फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोल कर्ता बनेका बेनपा-२ का खेलाडी सुदिप सुनार र उत्कृष्ट खेलाडी घोषित भएका बेनपा–१० का रवि गुरुङले नगद ५/५ हजार र स्वर्णपदक हात पारे। नगर खेलकुद विकास समितिको आयोजना र  बेसीशहर नगरपालिकाको प्रायोजनमा सञ्चालित खेलमा नगरपालिका भित्रका ११ वडाको समूहले सहभागीता जनाएको समितिका अध्यक्ष सिजन श्रेष्ठले बताए।

Skip This
Skip This
Logo