सिन्धुपाल्चोक पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो, उद्धारका लागि प्रहरी पुगेन

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो, उद्धारका लागि प्रहरी पुगेन

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।

एउटा स्कूलमा पनि पहिरोले क्षति पुर्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन ।रासस

Logo