‘रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं’ -रेलमन्त्री अश्विनी

‘रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं’ -रेलमन्त्री अश्विनी

केन्द्रबिन्दु
0
Shares

भारतका रेलमन्त्री अश्विनी वैश्णवले भर्खरै ओडिशामा भएको रेल दुर्घटना र  दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन् ।   

"यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन ।" भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईलाई भनेका छन्, "हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं ।" 

विद्युतीय सङ्केत र अन्य विभिन्न कुराहरू यसका पछाडि जिम्मेवार छन् तर त्यसको विस्तृत विवरण अहिले सार्वजनिक गर्नु नहुने उनको तर्क छ । -एएफपी

Logo