बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु

बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दार्चुला सदरमुकाम खलंगा बसपार्कनजिक घाइते भइ बेहोस अवस्थामा फेला परेका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार बिहान २:३५ बजेको समयमा महाकाली नगरपालिकाको वडा नम्वर ४ स्थित जिप पार्क (पिपलवोट) नजिक बेहोस अवस्थामा फेला परेका नेपालगंज उपमहानगरपालिका -१९ घर भएका देव परियारको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

राति अचेत अवस्थामा फेला परेका परियारलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याएको थियो । मृतक परियारको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा आइतबार बिहान ९ बजेर ४० मिनेटमा मृत्यु भएको छ । मृतक परियार दार्चुलामा ज्यालादारीमा काम गर्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Skip This
Skip This
Logo