तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० जेठ २२ गते साेमबार। ०५ जुन २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ। आर्थिक क्षेत्रमा सङ्कट आउला। मुद्दा मामिला लाग्न पनि सक्छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। धनार्जन हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। नयाँ काम वा रोजगार पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रमणीय र सुखद् यात्राको योग छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कार्य क्षेत्र या व्यावसायिक काममा सुधार आउनेछ। विद्या र बुद्धिको विकास हुनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
विद्या र बुद्धिको विकास हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।कार्यसिद्धि हुने अवसर मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज भाग्योदय हुनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज कलहको योग रहेको छ। खर्च हुने, विवाद पनि बढ्नेछ तर, दिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मित्र वा आफन्तको सहयोग मिल्नेछ। बौद्धिकताको विकास हुनेछ। मिष्ठान्न भोजन प्राप्ति होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
घरमा अतिथिको आगमन हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। लाभदायक यात्रा र नयाँ कार्यको थालनी पनि होला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला।

Skip This
Skip This
Logo