सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन्। सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका छन्।
सभामुखले समयमा नै संवादबाट निकास खोजेर संसद्को अवरोध अटाउन सरकारकार तर्फबाट पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको स्रोतले जानकारी दियो ।
आइतबार प्रमुख विपक्षीसहित तीन दलले संसद बैठक अवरोध गरेपछि सभामुखले सदनको अवरोध हटाउन छलफल सुरु गरेका हुन् । उनले टेलिफोनमार्फत बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका हुन् ।
सभामुखसँगको संवादमा प्रधानमन्त्रीले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसद्मा आफूले प्रष्टीकरण दिने बताएका छन् ।































प्रतिक्रिया