मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियोः प्रधानमन्त्री

मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियोः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान मिचिएको बताएका हुन् । संघीय संसदको दुवै सदनले दुईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताए । मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको उनको भनाइ छ । 

सरकार परिवर्तनसँग आउने नयाँ सरकारले पूर्ववर्ती सरकारले गरेका कार्यलाई निरन्तरा दिनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले संसद पनि अविछिन्न उत्तराधिकार संस्था रहेको बताए ।

Logo