सूर्य नेपालद्वारा वाग्मती प्रदेश कोरोना कोषमा एक करोड सहयोग

सूर्य नेपालद्वारा वाग्मती प्रदेश कोरोना कोषमा एक करोड सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सूर्य नेपाल प्रालिले वाग्मती प्रदेश कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा एक करोड सहयोग गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेललाई प्रालिका उपाध्यक्ष रवि केसीले आज उक्त रकमको चेक हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले सबैको सहयोगमा कोरोनाविरुद्धको अभियान सफल हुने विश्वास व्यक्त गर्दै कोषमा रकम सहयोग गरेकोमा प्रालिलाई धन्यवाद दिए ।

प्रालिका उपाध्यक्ष केसीले कोरोनाविरुद्धको अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन सो रकम सहयोग गरेको बताए।

Skip This
Skip This
Logo