नगरिकता विधेयकलाई सत्ता र प्रतिपक्ष दल दुवैले एउटै आँखाले हेर्न जरुरी छः सांसद खतिवडा

नगरिकता विधेयकलाई सत्ता र प्रतिपक्ष दल दुवैले एउटै आँखाले हेर्न जरुरी छः सांसद खतिवडा

केन्द्रबिन्दु
0
Shares

काँग्रेस सांसद रामहरी खतिवडाले नागरिकता विधेयकलाई राजनीतिक दलले आफ्नो स्वार्थ अनुकुलभन्दा एउटै आँखाले हेर्न जरुरी भएको बताएका छन्। 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले साना कुरामा देश अल्झिएको भन्दै इर्ष्या भाव त्यागेर सबै देश निर्माणमा जुट्नुपर्ने तथा नागरिकता विधेयकलाई सत्ता र प्रतिपक्षि दुबैले एउटै आँखाले हेर्नुपर्ने आवश्यकता रहेको बताए।
 
तत्कालिन गठबन्धन सरकारले ल्याएको सोहि विधेयकलाई उदाहरण दिदै उनले भने, ‘आफूले ल्याउँदा त्यहि विधेयक सबभन्दा राम्रो,अर्कोले ल्याउँदा त्यहि विधेयक नराम्रो,त्यति खेर काँग्रेसले विरोध गर्याे अहिले एमालेले । यो परम्पराले मूलुकबन्ला? एउटै आँखाले हेर्ने प्रवृतिको विकास सबैले गरौँ। हामी सत्तामा र प्रतिपक्षमा हुँदा मूलुकलाई अप्ठ्यारो हुँदैन् ।’ उनले थपे ‘संसदमा अलिकति पर कुर्सीमा जाने वित्तिकै यता बस्नेले उताकालाई गाली गर्ने उता बस्नेले यताकालाई गाली गर्ने,रोस्टम घेर्न पुगिहाल्यो कहाँबाट मूलुक बन्छ ?’

त्यस्तै उनले अर्थ र संस्कृति पर्यटन तथानागरिक उड्डयनमन्त्रालयको जुहारीको कारण ओखलढुंगाको विकास बजेट कटौति भएको भन्दै दुई मन्त्रालयको जुहारीमा रुम्जाटार र खितिदेम्बा विमानस्थल निर्माण कार्यको लागि विकास बजेट नपरेको प्रति सुदन किराँतीको ध्यानाकर्षण गराए ।  

उनले भने, ‘रुकुमको एअरपोर्टको चर्चा चल्यो,रुम्जाटार र खितिदेम्बाको कुरा चलेन, यो कमजोरी अर्थमन्त्रीलाई भन्दा पर्यटन मन्त्रीले पठाएन भन्छ,पर्यटन मन्त्रीलाई भन्दा अर्थले दिएन भन्छ ।मन्त्रीको जुहारीले जिल्लाको विकास कुनै पनि रुपमाकमहुनुहुदैन्।’

उनले विभिन्न बाहानामा जिल्लाको विकास निर्माण रोकिननहुने भन्दै पर्यटन मन्त्रीलाई बजेटको लागि आग्रह समेत गरे। अप्ठ्यारो आर्थिक
अवस्थामा पनि मन्त्रीका जिल्लामा बलका भरमा रकम हाल्ने र अरुका जिल्लामा निल पार्ने पद्धति प्रति रुष्ट हुँदै उनले सो पद्धतिलाई सदाका लागि अन्त्य गर्न पहल गर्ने दाबी गरे। 

Skip This
Skip This
Logo