संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सको जहाज नेता र मन्त्रीको कमाउने र रमाउने माध्यम बनेको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले “नेताको कमाउने, खाने, पिउने र रमाउने ठाउँ पनि त्यही रहेछ । कहिले चक्का हरायो । एउटा चक्का मै करोडौँ हुँदो रहेछ । किन नहराओस् त,” उनले भने, “मन्त्रीले त खायो खायो । साँढुदाइ, साँढुभाइ, साली, मितबाउ, मित जम्मैले खानुपर्ने । एउटा सीईयो नियुक्ति गर्दा करोडौँ लिएपछि त्यसले बिजनेस प्लान बनाउँछ कि कमाउन लाग्छ ?” उनले घुस खानको लागि जान्नु नपर्ने, गुरुहरू आफैँ सिकाउन आउने पनि बताए ।































प्रतिक्रिया