गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा कर्मचारीका लागि ७ बुँदे निर्देशन जारी गरेको छ ।
मन्त्रालयमा कार्यरत केही वरिष्ठ अधिकृत समेतले अनुपयुक्त, अव्यवासायीक गतिविधी तथा पदको गम्भिर्यता र महत्वलाई समेत ध्यान नदिई सामाजिक सन्जालमा भिडियोहरु राख्ने गरेको पाइएको भन्दै गृह मन्त्रालयले निर्देशन जारी गरेको हो ।
कार्यालय समयमा कार्यालय परिसरभित्र र कर्मचारी पोशाकमा टिकटक जस्ता भिडियोहरु खिचेर सामाजिक सन्जालमा नराख्ने, सरकारी सवारी साधनको प्रयोग गरी टिकटक जस्ता भिडियोहरु खिचेर सामाजिल सन्जालमा नराख्ने, कार्यालयसँग सम्बन्धित संवेदनशील काम कारबाहीको जानकारी, गोप्य कागजात आदि सामाजिक सञ्जालमार्फत सेयर नगर्ने र नगराउने, कार्यालयको काम कारबाहीको विवरण जानकारी गराउँदा सार्वजनिक गर्दा व्यक्तिगत प्रचार प्रसार र जस लिने आशयले नगर्ने निर्देशन जारी भएको छ ।
यस्तै, आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेको जस्तो देखिने गरी व्यक्तिगत सन्जालहरुमा समेत नराख्ने र सार्वजनिक पद धारण गरेका सबै राष्ट्र सेवक कर्मचारीहरुले पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालको विषयवस्तु सामाजिक सन्जालमा नराख्न निर्देशन जारी भएको छ। यी निर्देशन पालना भए नभएको सुक्ष्म अनुगमन हुने मन्त्रालयले जनाएको छ ।































प्रतिक्रिया