सेनाको नेतृत्वमा सगरमाथासहितका हिमालबाट ३५ हजार किलो फोहोर संकलन

सेनाको नेतृत्वमा सगरमाथासहितका हिमालबाट ३५ हजार किलो फोहोर संकलन

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसंगको सहकार्यमा हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाई र हटाउने "सफा हिमाल अभियान २०२३" सम्पन्न भएको छ । 

यस वर्षको अभियानले सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुचे हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो, जुन लक्ष्य हालै पूरा भएको छ ।

यस अभियानमार्फत हिमालबाट २५ हजार ७०८ केजी फोहोर संकलन गरिएको थियो । स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा ल्होत्से क्षेत्रवाट १२ हजार ६२१ किलो फोहोर र प्लास्टिक सङ्कलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट २ हजार ५६७ किलो, रररुबाट १८ हजार ५२० केजी गरी ३५ हजार ७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइएकाे हाे । 

यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक, अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासंगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदा कम्पनीले सम्मानित महसुस गरेको बताए।

जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्त्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरूद्वारा बढाया दिएको छ। वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ ।

Skip This
Skip This
Logo