प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा आफू सम्मानित भएरै आएको बताएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा आफूले अपमानित महसुस नगरेको बताएका हुन् । ‘त्यहाँ (भारत) राज्यमन्त्री नै स्वागत गर्न आउने चलन छ, इतिहास हेर्नु भए हुन्छ,’ उनले भने, ‘म सम्मानित नै भएर आएँ । तर, यहाँ हुने तपाइँहरु अपमानित भयो भन्नुहुन्छ । त्यस्तो होइन म सम्मानित भएर नै आएको हुँ ।’
भ्रमणका क्रममा नेपालको वृहत्तर हित र विकासलाई टेवा पुग्नेगरी छलफल र सम्झौता भएको प्रधानमन्त्री प्रचण्डले बताए ।































प्रतिक्रिया