सांसद शेरबहादुर कुवँरले बजेटले सुदूरपश्चिमलाई हेपेको गुनासो गरेका छन् ।
संसदमा सरकारले ल्याएको बजेटमाथिको छलफलमा भाग दिँदै सांसद कुवँरले सरकारले यसअघि नै गरेका कतिपय सहमति समेत वेवास्ता गर्दै बजेट बनाएको आरोप लगाएका हुन् । नीति तथा कार्यक्रममा आएका विषय समेत बजेटमा छुटाइएको भन्दै उनले असहमति प्रकट गरे ।
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सहमति विपरित सरकारले प्रतिष्ठानको कुरा ल्याएको भन्दै सांसद कुवँरले अस्पतालमा वेडको संख्या पनि सहमति विपरित घटाइएको भन्दै त्यहाँको जनता आन्दोलनमा रहेको बताए ।
त्यस्तै अघिल्लो बर्षको भन्दा यसपटक घटाइएको भन्दै उनले आपत्ति जनाए । ‘४० वटा जिल्लामा मात्रै अधिकासं बजेट हालिएको भन्ने कुरा बाहिर आएको त्यो कुरा सत्य नहोस’ उनले भने ।































प्रतिक्रिया