राष्ट्रियसभा सदस्य बामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने टिप्पणी गरेका छन् ।
बुधवार राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को बजे छलफलमा भाग लिँदै सदस्य गौतमले व्यवसायीकरण र औद्योगिकीकरण गरी खाद्यवस्तुमा आत्मनिर्भर हुन विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।
उनले भने ‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषि उत्पादनको व्यवसायीकरण र औद्योगिकीकरण, राष्ट्रिय बजारको संरक्षण तथा आत्मनिर्भरता, सुनिश्चितता भन्दा पहिले खाद्यवस्तुको निर्यातमा रोक लगाउनुका साथै विदेशबाट सम्पूर्ण खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ ।’
उनले नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि रहेको भन्दै प्रतिवर्ष १० लाख जनालाई रोजगारी दिन सकिने बताए ।





























प्रतिक्रिया