आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनु पर्ने कांग्रेस नेता सिंहको भनाई

आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनु पर्ने कांग्रेस नेता सिंहको भनाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी फागुन ७ गतेदेखि हुने पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनु पर्ने बताएका छन् । समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेकोले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागि परेको उनको भनाइ छ ।

चाक्सीबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वमहामन्त्री सिंहले समृद्धि अभियान अब कांग्रेसले पूरा गर्छ भन्ने विश्वासका साथ महाधिवेशनमा होमिन लागेको बताएका हुन् ।

‘हाम्रो महाधिवेशन फागुनमा हुँदैछ । नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘कम्युनिष्टले समृद्धि अभियान अगाडि बढाएनन् । अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं । त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ ।’ कोरोना महामारीमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताउँदै सिंहले सरकारले कोरोना परीक्षणको दायरा वृद्धि गर्न नसकेको र चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा समेत भ्रष्टाचार भएर लेखा समितिले छानविन गरिरहेको बताए।

‘कोरोना भएको यतिका भइसक्यो सरकारले जनताको भलाइका लागि सिन्को भाँच्न सकेन । चीनबाट ल्याएका मेडिकल सामग्रीमा पनि भ्रष्टाचार गरेर लेखा समितिले सरकारले नेपालको आन्तरिक राजनीतिमा विदेशीलाई खुलेआम हस्तक्षेप गर्न दिएको सिंहको भनाइ छ।

Skip This
Skip This
Logo