राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन्।
शनिबार बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्याउने भएकोले यसको महत्त्व भएको बताए।
उनले भने, यो आयोजना महत्त्वपूर्ण आयोजना हो,यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने र अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताए। सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका थिए।





























प्रतिक्रिया