नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालमा ठूला उपलब्धिहरु बलिदानीपूर्ण संघर्षबाट हासिल गरेको भन्दै ७० वर्षे उमेरहदबारे आफ्नो धारणा प्रष्टसँग राखेका छन् ।
शनिवार नेपाल निजामति संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूराना नेताहरुले ठूला र कठिनपूर्ण संघर्ष पार गरेर आए पनि पूराना नेताको त्याग,संघर्ष र योगदानका विरुद्धमा अभियान नै सञ्चालन गर्न खोजिएको बताएका हुन् । उनले यो अभियान अमर्यादित भएको टिप्पणी गरे ।
उनले भने, ‘अहिले पुरानाहरुका योगदान,त्याग,वलिदान र संघर्षको विरुद्धको अभियानसञ्चालनगर्न खोजिएको छ ।’
अध्यक्ष ओलीले साह्रै कठिन समयको पार गर्दै यो अवस्थासम्म आइपुगेको स्मरण गराउँदै इतिहासको सम्मान गर्नुपर्ने धारणा राखे । ‘मैले आफ्नै जीवनलाई पनि हेरेको छु,यी ५८ वर्ष कति कठिन वर्षहरु थिए । भूमिगतजीवन, देख्ने वित्तिकै गोलीहान्ने आदेश बोकेर हिँडेकाहरुबाट जोगिएर भूमिगत अवस्थामा निर्वासनमा रहनु, घरपरिवारसंग अलग भएर अत्यन्तै चरम यातना सहेर जेलमा बस्नु त्यस्ता दिनहरु झेलेर आउनु सजिलो कुरा थिएन ।’ उनले भने ।
आफ्नो राजनीतिक जीवनकालको संघर्षको हवाला दिँदै उनले नयाँ पुस्ताको पूराना प्रतिको वितृष्णा उचित नहुने तर्क गरे ।‘वर्षौसम्म गोलघर र कालकोठरीहरुमा बस्नु,सजिलो कुरा थिएन, शहीदहरुले बलिदान दिनु रहरको कुरा थिएन्, अवस्था सहज नभएकाले शीर नझुकाई कष्टपूर्ण जीवनबाँच्नु सजिलो कुरा थिएन । आजका केही उत्ताउलापनले पुरानाहरुले केही गरेनन् भनेर हुन्छ, यो अवस्था कहाँबाट आयो त नानीबाबुहरु?’
अध्यक्ष ओलीले अग्रहहरु विरुद्धको अभियान अमर्यादित भएकोसमेत कडा टिप्पणी गरे ।





























प्रतिक्रिया