स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर, छानविन समिति गठन गर्न माग

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर, छानविन समिति गठन गर्न माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसदहरुले स्वास्थ्य सामग्री खरिद प्रक्ररणमा अनियमितता भएको भन्दै छानविन समिति गठन गर्न माग गरेका छन् । सांसदहरुले नियतबस नै ओम्नी समुहलाई खरिद गर्न दिइएको भन्दै छानविन गर्न माग गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीकी सांसद धर्मशीला चापागाईंले वार्ता गर्न बनाइएको समितिले जुन टिमलाई स्वास्थ्य सामग्री खरिद गर्न जिम्मा दियो त्यो भन्दा चार दिन अगाडि उक्त कम्पनीलाई जानकारी गराइएको बताइन् । कस्तो स्थितिमा कसरी प्रक्रिया थालियो र को को संलग्न छन् भन्ने सबैभन्दा बढी महत्वपूर्ण भएको उनले बताइन् । तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले कोभिड १९ को व्यवस्थापन गर्न बनेको उच्चस्तरीय समितिले तुरुन्ता तुरुन्तै निर्णय गर्न निर्देशन दिएको बताएको नोट गर्न आग्रह गरे । उनले ओम्नी समुहले तीन दिनमा नै सामान ल्याउँछ भन्ने कुराको ग्यारेन्टी के थियो भन्दै प्रश्न समेत गरे ।

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले समितिको बैठकमा कुनै पनि व्यक्तिको जानकारी लिन बोलाइएको नभएकाले कुनै पनि किसिमको जिम्मेवारीबाट पन्छिन नपाउने बताए । उनले आफूलाई प्राप्त भएका अधिकारको विषयको मात्रै कुरा गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार के.सी.ले खरिद प्रक्ररणबारे उचित जवाफ आउन नसकेको बताए । दुई अर्बको सामान ल्याउन जिम्मा पाएको कम्पनीलाई १८ करोडको सामान ल्याउँदा विरोध भएपछि हतारमा कालो सूचीमा राख्ने भन्ने तर मन्त्रिपरिषदबाट निर्णय गरेर भुक्तानी गर्ने प्रवित्तिले आयात गर्न ओम्नीलाई नै छनोट गर्नुको नियत स्पस्ट भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद अमनलाल मोदीले भ्रष्टाचारको आशंका भएको अवस्थामा चित्त बुझ्दो जवाफ नआएकाले सत्य तथ्य छानविन गर्न समिति गठन गर्न माग गरे ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद विरोध खतिवडाले ओम्नी समुहको दर्ता औषधि आयात गर्ने भन्ने उद्देश्य रहेको, नरहेको सम्बन्धमा प्रश्न उठाए । उनले महानिर्देशक अध्यक्ष भएको समितिमा संयोजक अर्कोलाई तोकेर काम गरेको प्रति आशंका व्यक्त गरे ।

Skip This
Skip This
Logo