पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक मन्दीको अवस्थालाई अर्थमन्त्रीले ढाकछोप गरेको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधिसधामा राजश्व र व्ययको बार्षिक अनुमानमाथिको छलफलमा पूर्व अर्थमन्त्री एवं सांसद आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गरेको आरोप लगाए।
उनले भने,‘आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गर्नुभएको छ। त्यति मात्र होईन प्रस्तुत बजेटले मन्दीको अवस्थामा पुगेको अर्थतन्त्रलाई सामान्यकरण गरिरहेको छ। सरकारले लिएको कदमले अर्थतन्त्र सुध्रिएको भ्रम छर्ने काम भएको छ।’
उनले बजेटले मूलुकको अर्थतन्त्रका समस्यालाई चिन्न नसकेको टिप्पणी गरे । नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम र योजनालाई बजेटले वेवास्ता गरेको पौडेलको भनाइ थियो।
उनले भने,‘नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम र योजनालाई बजेटले वेवास्ता गरेको छ। मूलुकको अर्थतन्त्रका समस्यालाई चिन्न पनि सकेको छैन। समाधानका लागि कुनै दृष्टिकोण पनि दिन सकेको छैन।’
सांसद पौडेलले यो बजेटले सिदान्त र प्राथमिकता नीति तथा कार्यक्रमको बीचमा कुनै तागत नराखेको भन्दै बजेटले अर्थतन्त्रको चुनौतीलाई देख्न नसकेको बताए।





























प्रतिक्रिया