नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएपछि देशमा आर्थिक संकट भयाेः प्रभू साह

नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएपछि देशमा आर्थिक संकट भयाेः प्रभू साह

केन्द्रबिन्दु
0
Shares

आम जनता पार्टीका सांसद प्रभु साहले नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएको हुनाले नेपालमा आर्थिक संकट आएको बताएका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सबै पदमा रहेकाहरुले कमिसन र घुसको नाममा पैसा लिएर विदेश पठाएको भन्दै यस्तो प्रवृत्तिले नेपालमा आर्थिक संकट कम नहुने बताए। 

उनले भने,व्यापारीहरु राजस्व छली गरिरहेका छन्,पैसा थुपारिरहेका छन्। कर्मचारीहरु घुस खाएर थुपारिरहेका छन्। नेताहरु कमिसनको पैसा थुपारिरहेका छन् र ती पैसा अवैध बाटोबाट विदेश पुर्‍याउने गरेका छन्। भन्नलाई नेपालको कानूनले कुनै सम्पत्ति लान मिल्दैन् तर तपाई पत्ता लगाउनुस घर भाडा पनि छोड्दैन्। भएको पुँजी अवैध बाटोबाट विदेश लगेपछि नेपाल समृद्ध हुन्छ। यहि संसदमा हेर्न सक्छौँ, अधिकांश नेताहरु अवसरको लागि नेपालमा र उहाँका छोराछोरीहरु विदेशमा नेपालका सबै पुँजीहरु विदेशमा थुपार्दिए पछि। नेपालको आर्थिक संकट टर्छ। 

सांसद साहले सांसदमै रहेका कति नेताहरु अवसरका लागि नेपाल बसेको र आफ्नो छोरा छोरीलाई बाहिर पठाएको भन्दै नेपालमा अवसरको खोजी गर्ने व्यक्ति मात्र रहने बताए। 
 
उनले नेपाल सरकारले देशको सम्पत्ति बाहिर लान नपाउने व्यवस्था भएपनि हुण्डी कारोवारीबाट नेपालको सम्पत्ति बाहिर लाने गरेको बताए। 

Skip This
Skip This
Logo