आठौं संस्करणको वातावरण साहित्य गोष्ठी सम्पन्न, नेपाल पर्या-साहित्य प्रतिष्ठानको घोषणा

आठौं संस्करणको वातावरण साहित्य गोष्ठी सम्पन्न, नेपाल पर्या-साहित्य प्रतिष्ठानको घोषणा

केन्द्रबिन्दु
0
Shares

इको साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी- पर्या साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन,पुरस्कार वितरण, कविता वाचन तथा एक दिवसीय आठौं वातावरण साहित्य गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । 

विश्व वातावरण दिवसको अवसर पारेर  सरगम प्रकाशन प्रा.लि. तथा साहित्य पोस्टको सहयोगमा विश्व नेपाल साहित्य महासंघ आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा विश्व नेपाली  साहित्य महासंघका उपाध्यक्ष विजय हितानले जानकारी दिए ।

सन् २०१६ देखि यूकेमा रहेका नेपाली साहित्य संगठनको सहकार्यमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि इको साहित्यमाथि चर्चा–परिचर्चा गरिएको हो ।

No description available.

पर्या–साहित्य गोष्ठीमा  भारत, भुटान र नेपालका विद्वानले पर्या–साहित्यमा कार्यपत्र पेस गरेका थिए । साथै पर्या–साहित्यका सिद्धान्तकार तथा कार्यक्रममा विशेष सल्लाहकार डा. गोविन्दराज भट्टराई  रहेको  थिए । 

गोष्ठीमा  भुटानका डा. शिवराज भट्टराई, नेपालका डा. नन्दिनी भेल्यो र सलिल सुवेदीको विशेष प्रस्तुति रहेको थियो ।

त्यसैगरी पर्यावरण साहित्यमा लेखिएका चार पुस्तक पर्या–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, पर्या–प्रेमको गुञ्जन, ब्लु प्लानेटको अंग्रेजी संस्करण समेत विमोचन गरिएको छ  ।

साहित्य पोष्टमा वर्षभर प्रकाशित उत्कृष्ट तीन कविताका कविलाई पुरस्कृत गरिएको छ । प्रथम पुरस्कार भ्यागुताको बिहे कविताको लागि डा. विप्लव ढकाल,  दोस्रो पुरस्कार वासुदेव अधिकारीको हिउँमारा तापमान र तेस्रो पुरस्कार कवि कृष्ण बाउसेको डाइनोसरको भजनलाई पुरस्कार तथा प्रमाणपत्र प्रधान गरिएको थियो  ।

No description available.

कार्यक्रममा नेपाली पर्या साहित्य प्रतिष्ठानको समेत घोषण गरिएको छ । प्रतिष्ठानलाई डाक्टर गोबिन्द प्रसाद भट्टराईले एक लाख सहयोग गरेका छन् । गोष्ठीमा पर्या–साहित्यका दुई शोधार्थीले आआफ्नो अनुसन्धान अनुभव सुनाउनुका साथै विभिन्न स्रष्टाहरुले पर्या–कविता वाचन गरेका थिए । 

Skip This
Skip This
Logo