नेपाल एयरलाइन्सको क्वालालम्पुर-भैरहवा उडान सुरु

नेपाल एयरलाइन्सको क्वालालम्पुर-भैरहवा उडान सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ।

विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो। 

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे । 

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडाैँ जाने छ, यो अब नियमित उडान हुनेछ। नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेकाे हाे।

नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा–काठमाडौँको उडान‘टर्न–अराउड’ हो,हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने,भैरहवाबाट यात्रु राख्न नपाइने,चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउँदैन। ४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौँ जाने छ।

निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया–काठमाडौँ ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ। विमानस्थलको नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्न सकेको थिएन,जजिरा एयरलायन्स र हिमालय एयरलाइन्सले केही अन्तराष्ट्रिय उडान गरेपनि अहिले रोकिएको छ। 

Logo